क्रसर उद्योगबारे अध्ययन गर्दैछौं: अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०७९ माघ ४ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,४ माघ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताएका छन ।

आज (बुधबार) मन्त्रिपरिषदको बैठकमा पनि क्रसर उद्योगका विषयमा छलफल भएको भन्दै उनले सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्याको हल गर्ने बताएका छन ।

देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेका छन् र जिल्ला प्रशासन कार्यालयहरुको निर्देशनमा हाल सबैजसो क्रसर उद्योग बन्द रहेका छन् ।

क्रसर उद्योगहरु बन्द भएका कारण देशभर निर्माण कार्यहरु पनि रोकिएका छन । मन्त्री पौडेलले क्रसर उद्योगको विषयमा थप अध्ययन गरी सम्बन्धित पक्षको भनाइ सुनेर छिट्टै निर्णयमा पुग्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us