जसपा तत्काल सरकारमा नजाने

काठमाण्डु टुडे २०७९ माघ ४ गते १७:१२ मा प्रकाशित

काठमाण्डु,४ माघ– जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने भएको छ । आज बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।

यस्तै प्रतिनिधि सभाको सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन ।

पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल गर्ने तय भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us