मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक सिंहदरबारमा सुरु

काठमाण्डु टुडे २०७९ माघ ४ गते १६:२१ मा प्रकाशित

काठमाण्डु,४ माघ– मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए ।

प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्यविभाजन समेत भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us