
काठमाण्डु, ४ माघ- बुधबार नेप्से सूचकमा ९ अंकको गिरावट आएको छ ।
मंगलबार ३२ अंकमाथिले बढेको नेप्से सूचक आज ९.०१ अंकले घट्दै २१७३.१० अंकमा झरेको हो । नेप्से सूचकमा गिरावट आए पनी कारोबार रकममा भने बढेको छ। आज१ करोड ३३ लाख कित्ता सेयर किनबेच हुदा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँको कारोवार भयको छ।
आज कारोबार भएका कम्पनीमध्ये ८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भयको छ।
भने साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।