
काठमाण्डु,४ माघ– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधार्ने बताएका छन । उनले त्यसका लागि आफूले अध्ययन थाली सकेको बताएका छन ।
गिरी मंगलबार स्वास्थ्यमन्त्रीमा नियुक्त भएसँगै कान्ति बाल अस्पतालको निरीक्षणमा पुगेका थिए । यस्तै बुधबार उनले मन्त्रालयमा पुगेर मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन ।
गिरी एमालेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका हुन् । स्वास्थ्य क्षेत्रमा रहेका बेथिति र सुधारका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै उनले त्यसमा आफू लागिपर्ने र पुर गर्ने बताएका छन ।
मन्त्री गिरीले कान्तिमा बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालय लगायतको अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिएका छन ।