चीनको रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २ गते १२:३३ मा प्रकाशित

एजेन्सी– चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जानकारी दिएको छ ।

यस्तै उक्त विस्फोटमा परी १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएको सिसिटिभीले बताएको छ । विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।

सिसिटिभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।” सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ । आगलागी नियन्त्रणका लागि ३३० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको सीसीटीभीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us