
काठमाण्डु, २ माघ– यति एअरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्ध गरेको छ ।
पोखराको सेती नदी खोँचमा हिजो यतिको एटिआर विमान दुर्घटना हुँदा ६८ जनाको ज्यान गएको थियो । चार जना अझै हराइरहेका छन् ।
दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । आइतबार साँझ अबेरसम्म ६८ जनाको शव भेटिएको छ । यति एअरलाइन्सले एक सूचना जारी गर्दै आज हुने भनिएका सबै उडान रद्ध गरिएको जनाएको हो ।
आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ ।