
काठमाण्डु, २ माघ– पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा हराइरहेका चार जनाको बिहानैदेखि खोजी जारी छ ।
दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । आइतबार साँझ अबेरसम्म ६८ जनाको शव भेटिएको थियो । चार जना अझै बेपत्ता छन् । हराएकाहरुको खोजीकार्य बिहानैदेखि जारी रहेको कास्की प्ररी प्रमुख एसपी अजय केसीले जानकारी दिए ।
काठमाण्डुबाट पोखराका लागि उडेको यतिको विमान पोखराको सेती खोँचमा आइतबार दुर्घटनाग्रस्त भएको थियो । जहाजमा १५ विदेशीसहित ५३ नेपाली र चार चालक दलका सदस्य थिए ।