प्रकाशशरण भन्छन्ः देशको नेतृत्व फेरि काँग्रेसले लिन्छ

काठमाण्डु टुडे २०७९ माघ २ गते ८:४८ मा प्रकाशित

नुवाकोट, २ माघ– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् ।

तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतबार भएको कार्यक्रममा महतले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ। तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।’
महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए ।

‘विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ । कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us