चिनियाँ राजदूद्धारा पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

काठमाण्डु टुडे २०७९ माघ १ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,१ माघ– पोखरामा भएको जहाज दुर्घटनाप्रति चिनियाँ राजदूतले दुःख व्यक्त गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको ट्विटरमार्फत उल्लेख गर्दै दुःख व्यक्त गरेका छन ।

उनले ट्विट गर्दै लेखेका छन्, ‘यस दुस्खद् घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना ।’

यति एयरलाइन्सको जहाज पोखरास्थित सेती खोँचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार रहेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us