
काठमाण्डु ,२९ पुस– नवलपरासी ९बर्दघाट सुस्तपश्चिम० को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
मूत्यु हुनेमा पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विक रहेका छन । यस्तो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रे डाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ९६३१ नं को पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले बताएका छन ।
दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । यस्तै प्रहरीले ट्रक चालक मकवानपुरको मनहरि गाउँपालिका–३ का ४८ वर्षीय कान्छा तामाङलाई पक्राउ गरेको छ ।