घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाण्डु टुडे २०७९ पुष २९ गते ८:३३ मा प्रकाशित

काठमाण्डु, २९ पुस– पूर्वएमाले नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

भुसाललाई आज अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी प्रवेशका लागि नयाँबानेशवरस्थित अर्याल होटलमा अपराह् २ बजे कार्यक्रम राखिएको छ ।

एमालेले टिकट नदिएपछि पार्टी छाडेर भुसाल ततकालीन सत्ता गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार भएका थिए । उनी एमालेका छबिलाल विशवकर्मासँग पराजित भए । तत्कालीन माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका भुसाल पछिल्लो समय माधव नेपालसँग निकट थिए ।

केपी ओलीसँगको आन्तरिक संघर्षमा नेपाललाई साथ दिए पनि एमाले विभाजन भएर एकीकृत समाजवादी गठन हुँदा भने उनी मुलघरमै रहे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us