
काठमाण्डु,२८ पुस– सौर्यमण्डलमा ५० हजार वर्ष अघि देखिएको पुच्छ्रेतारा फेरि पनि देखिने भएको छ । शुक्रबारदेखि केही दिन यो पुच्छ्रेतारा देख्न सकिने विपी कोइराला मेमोरियाल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जानकारी दिएको छ ।
C/2022 E3 (ZTE) नामकरण गरिएको यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने र त्यस पश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिने समितिले बताएको छ ।
नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवतारा नजिकै पुस अन्तिम सातादेखि माघ महिनाको दोस्रो साता सम्म साझ ७ बजे पछि अवलोकन गर्न सकिने बताइएको छ ।
२ फेब्रुअरी मा यो पुच्छ्रेतारा पृथ्वीबाट ४२ करोड किमिको दुरीमा आइपुग्ने र उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि दक्ष्ँिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्ने समितिले बताएको छ ।
यद्यपि यसलाई नाङ्गो आँखाले अवलोकन गर्न नसकिने छ । समितिका अनुसार यसलाई हेर्न वाइनाकुलर तथा टेलिस्कोपको सहायता आवश्यक पर्नेछ ।