
काठमाण्डु,२८ पुस– एनएमबि लघुवित्त वित्तीय संस्थाले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । हिजा (बुधबार) बसेको सञ्चालक समितिको बैंठकले यस्तो निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८ र ७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल काय चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार ८८२ रुपैयाँको १० प्रतिशतले हुने आउने ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँ बराबरको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार ९१०रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।