
काठमाण्डु,२७ पुस– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् ।
यादवले ६३ सांसदको समर्थनसहित मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा सरकार बनाउनका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।
निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।
मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका थिए । यादव सोमबार संसदीय दलका नेतामा चयन भएका थिए ।