सरकारको न्यूनतम साझा कार्यक्रमलाई दिन कार्यदलको बैठक जारी

काठमाण्डु टुडे २०७९ पुष २२ गते १२:५७ मा प्रकाशित

काठमाण्डु,२२ पुस– सरकारको न्यूनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक जारी छ । अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरूप दिने तयारी छ ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवंम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले आर्थिक समृद्धि र विकास तथा जनचासोको विषयलाई कार्यक्रममा समेटेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । १४ पुसमा बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेकपा (एमाले)बाट पौडेल, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us