घरको बरण्डामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते

काठमाण्डु टुडे २०७९ पुष २१ गते १३:०७ मा प्रकाशित

बारा,२१ पुस– बारामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१८ बस्ने ६० वर्षीया किमैना देवी यादव रहेकी छन ।

सुवर्ण गाउँपालिका– ३ जमुनिया टोल घर भई उनी हाल कलैयामा बस्दै आएकी थिइन् । हिजो बुधबार दिउँसो घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।

प्रादेशिक अस्पताल कलैया बारामा प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई बिहीबार कीर्तिपुर बर्न अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us