गुर्जुधारा यातायात कार्यालयबाट २६ जना बिचौलियाहरू पक्राउ

काठमाण्डु टुडे २०७९ पुष २१ गते १२:१२ मा प्रकाशित

काठमाण्डु,२१ पुस– प्रहरीले चन्द्रगीरी नगरपालिका गुर्जुधाराको यातायात कार्यालयबाट २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ ।

गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप लागेको छ ।

सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी भरत बोहराले जानकारी दिएका छन ।

बिचौलियाहरूलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुबिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने उनले बताएका छन ।

नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् । यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us