
काठमाण्डु,२१ पुस– मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० पुसमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।