
काठमाण्डु,२० पुस– प्रहरीले सिरहाबाट ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा एक महिलाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–६ बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेकी छिन् ।
चन्दादेवी कोइरीकी बुहारी हुन् । बुहारी चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।