
काठमाण्डु,२० पुस– महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानुन व्यवसायीहरूको शिर झुक्ने नदिने गरी आफूले कार्य सम्पादन गर्ने बताएका छन् ।
महान्यायाधिवक्ता पोखरेलले आफू भागेर, लुकेर हिँड्ने गरी काम गर्ने पक्षमा नरहेको पनि बताएका छन । सर्वोच्च अदालत बार एशोसिएशनले बुधबार आफूलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले आफ्नो बल, बुद्धि र विवेक न्याय क्षेत्रको गरिमा बढाउन केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन । महान्यायाधिवक्ता पोखरेलले न्याय क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि आफू कानुन व्यवसायीहरूसँग छलफल गरेर आवश्यक निर्णय लिन तत्पर रहेको पनि बताएका छन ।
आफूले कार्य सम्पादन सुरु मात्रै गरेकाले अहिले नै ओभर स्मार्ट हुने कुरा घातक हुने भन्दै उनले सबैसँग बुझेर अघि बढ्ने बताएएका छन । उनले न्यायमा सबैको पहुँच पु¥याउने कामलाई तीव्रता दिने आफ्नो कार्ययोजना रहेको बताएका छन ।