प्रचण्डले मागे माधव नेपालसँग विश्वासको मत

काठमाण्डु टुडे २०७९ पुष २० गते १६:४८ मा प्रकाशित

काठमाण्डु,२० पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

प्रचण्डले बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेट गरेका थिए सो क्रममा उनले यस्तो बताएका हुन । नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे भने, ‘दलको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट पनि विश्वासको मत दिन सबैलाई आग्रह गरेका छौं ।

त्यही क्रममा बुधबार एकीकृत समाजवादीका अध्यक्षलाई पनि भेटेर त्यही आग्रह गर्नुभएको हो ।’

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको छ । एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us