फिदिममा आगलागी, दुई जनाको जलेर मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २० गते ९:४४ मा प्रकाशित

पाँचथर, २० पुस– पाँचथरको फिदिममा आगलागी हुँदा दुई जनाएको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएको हो । घटनामा मेघबहादुरकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि खतिवडाले घटनामा अरु दुई जना घाइते भएको र तीन जनाले भागेर ज्यान बचाएको उल्लेख गरे । आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको छ ।

आगलागीबाट अन्नपात, गरगहना, भाँडाकुँडा, नगद र घरमा रहेको किराना पसलसमेत जलेको छ । खतिवडाले बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरी, स्थानीय र फिदिम नगरपालिकाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us