
काठमाण्डु,११ पुस– कांग्रेस सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै निस्केका छन् ।
प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् । देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी नै थियो ।