
काठमाण्डु,११ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सभा समारोहमा जाँदा पनि उनी कोट, पाइन्टमै जाने गरेका थिए ।