प्रचण्डसँगै तिन उपप्रधानमन्त्रीले पनि शपथ लिने

काठमाण्डु टुडे २०७९ पुष ११ गते १५:४३ मा प्रकाशित

काठमाण्डु,११ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै तिन जना उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । आज (सोमबार) नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिने सहमति भएको छ ।

स्रोतका अनुसार तीन उपप्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको जिम्मेवारी पाउने भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us