
काठमाण्डु,११ पुस– एमालेबाट उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित विष्णु पौडेल सरकारमा जाने निश्चित भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नाम सिफारिस गरेका छन ।
पौडेलसहित एमालेबाट ४ जना मन्त्रीको नाम पनि टुङ्ग्याएको छ । राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी मन्त्रीका लागि सिफारिस भएका हुन् ।
आज (सोमबार) सपथ लिनेमा एमालेका पौडेलसहित माओवादीका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र जनमतका अब्दुल खानको मात्रै सपथ हुने सम्भावना रहेको छ ।
श्रेष्ठले परराष्ट्र र लामिछानेले गृहसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको छ भने खानले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउने भएका छन ।