
काठमाण्डु,११ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन ।
आज (सोमबार) सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको उनले यस्तो जवाफ दिएका हुन ।
उनले उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिएका छन । उनले भने, उपप्रधानसहित गृहमा मेरो दाबी हो,’ , ‘उपप्रधानमन्त्री कति जना बनाउने प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ।’
उनले नयाँ शक्तिहरूले सरकार बनाउने अवस्था नरहेकोले अरूलाई समर्थन गर्नुपरेको पनि बताएका छन । उनले राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारको नेतृत्व गर्ने प्रस्ताव यसअघि राखेको बताएका छन । प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद रहेका छन्।