
पाल्पा,११ पुस– पाल्पामा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमाटिप्परका सहचालक सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउने रहेका छन ।
सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेर राखेको टिप्पर अचानक गुडेको थियो ।
त्यो टिप्परले हावा भर्न रोकेको टिप्परका चलाउनेलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिएका छन ।
सहचालक चलाउनेको दुवै टिप्परको बीचमा च्याप्पिएर निधन भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।