
काठमाण्डु,११ पुस– नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।
पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले भनिन्, ‘प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन छ । तर सरकारमा जाने कुरा तत्काल पार्टीले सोचेको छैन। सरकारमा जान्नौं ।’
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले समर्थन गरेको बताएकी छन ।प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।