नेम्वाङ र पौडेलमध्ये एकको नेतृत्वमा एमाले सरकारमा

काठमाण्डु टुडे २०७९ पुष ११ गते १२:२६ मा प्रकाशित

काठमाण्डु,११ पुस– एमाले उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णु पौडेलमध्ये एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने भएका छन ।

आज सोमबार बिहान अध्यक्ष केपी ओली निवासमा भएको छलफलमा पार्टीका सिनियर नेताको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो ।

अध्यक्ष ओलीसँग भएको छलफलमा नेताहरूले सिनियर नेताकै नेतृत्वमा सरकारमा पठाउनु उपयुक्त हुने धारणा राखेका थिए । ‘चुनाव जितेका सिनियर नेताहरुमध्ये सुवास नेम्वाङ र विष्णु पौडेलमध्ये एक जनाले नेतृत्व गरेर सरकारमा जानुहुन्छ ।

दुईमध्ये कसलाई पठाउने भन्ने जिम्मा अध्यक्षलाई दिएको छ’, सोमबार बालकोट छलफलमा सहभागी एक नेताले भने,‘११ बजे बस्ने सत्तारुढ दलको बैठकमा अध्यक्षले नाम डिस्क्लोज गर्नुहुन्छ ।’

ओली निकट एक नेताका अनुसार नेम्वाङले मन्त्री भन्दा पनि राष्ट्रपतिमा चासो राखेकाले उपप्रधानसहति पौडेल नै सरकारमा जाने बढी सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us