
काठमाण्डु,११ पुस– नक्कली नेपाली रुपैयाँसहित प्रहरीले कैलालीको धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिका–६ घर भएका ५५ वर्षीय लाल बहादुर साउद रहेका छन ।
धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट पक्राउ परेका आरोपीको साथबाट १ हजार दरका ४ हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
साउदलाई अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको छ ।