दौरा सुरवालमा प्रधानमन्त्रीको सपथ लिँदै छन् प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष ११ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, ११ पुस– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरवालमा सपथ लिने भएका छन् ।

प्रचण्डले दौरा सुरवालमा सपथ लिन लागेको माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य माधव सापकोटाले जानकारी दिए । ‘उहाँले योपटक दौरा सुरवालमा सपथ लिँदै हुनुहुन्छ’, सापकोटाले काठमाण्डुटुडेसँग भने । भरतपुर महानगरपालिकाका मेयर एवं प्रचण्ड पुत्री रेणु दाहालले पनि प्रधानमन्त्रीको सपथ लिँदा दौरा सुरवाल लगाउने बताइन् ।

प्रचण्ड आइतबार एमालेसहित ७ दलको समर्थनमा तेश्रोपटक राष्ट्रपति नियुक्त भएका थिए । प्रधानमन्त्रीको अघिल्ला दुई कार्यकालमा प्रचण्डले सुट र भाद गाउँले टोपी लगाउने गरेका थिए । ‘धेरै तिरबाट दौरा सुरवाल लगाउन सुझाव आएको रेणुले बताइन् ।

राष्ट्रपति कार्यालयले अपराह्न ४ बजे लागि प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ हुने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us