
काठमाण्डू, ११ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डलाई बधाई दिएका छन् । आइतबार सॉझ ट्वीट गर्दै मोदीले प्रचण्डलाई बधाई दिएका हुन् । मोदीले नेपाल र भारतबीचअद्वितीय र गहिरो सांस्कृतिक सम्बन्ध रहेको भन्दै जनता–जनताबीचको न्यानो सम्बन्ध र मित्रता प्रचण्डको कार्यकालमा अझ मजबुत हुनेविश्वास व्यक्त गरे । त्यसका लागि आफू मिलेर काम गर्न तत्पर रहेको उनको भनाइ थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारनेपालको संविधानको धारा ७६ उपधारा–२ अनुसार प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।