सुनसरीमा एक हात्ती मृत अवस्थामा भेटियो

काठमाण्डु टुडे २०७९ पुष ८ गते ११:४० मा प्रकाशित

काठमाण्डु,८ पुस– सुनसरीको कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा भेटीएको छ । अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ बताएका छन ।

हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।

वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । केही दिन अघिदेखि सो क्षेत्रमा २०–२५ वटा हात्ती समूहमा घुमिरहेको देखेको स्थानीयले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us