नागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले छानबिन गर्छ: लामिछाने

काठमाण्डु टुडे २०७९ पुष ७ गते १८:२६ मा प्रकाशित

काठमाण्डु,७ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले छानबिन गरी रहेको बताएका छन् ।

आज (बिहिबार) संसद भवनमा पत्रकारसँग बोल्दै लामिछानेले यस्तो बताएका हुन । उनले अधिकार प्राप्त निकायले उपस्थित हुन भनेको ठाउँमा जहिलै उपस्थित हुने बताएका छन । उनले भने, मेरो नागरिकता र पासपोर्टको विषय निर्वाचन आयोगले उठायो । मैले निर्वाचन आयोगलाई जवाफ दिए ।

निर्वाचन आयोगले आफ्नो धारणा राख्यो सकियो’ ‘मेरो बारेको मुद्दा अदालतमा पुग्यो सपथ गर्न कुनै रोकतोक गर्नु भन्ने आदेश आयो ।’ आफ्नो बारेमा अनुसन्धान गर्ने निकाय प्रक्रियामा रहेको बताउँदै उनले यो विषयमा खास्सै बोल्नुनपर्ने बताएका छन ।

‘अधिकार प्राप्त निकायले अनुसन्धान गरेको हुनाले त्यो निकायले सोधेको खण्डमा जहिले पनि उपस्थित हुन्छु । अधिकार प्राप्त निकायले निष्पक्ष छानबिन गर्नेछ भन्नेमा विश्वस्त छु’, उनले भने।

आफ्नो नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भनेर सामान्य छलफल गरेको लामिछानेले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us