धेरै साथीहरू संसदमा ल्याउन सकिन: राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०७९ पुष ७ गते १५:१३ मा प्रकाशित

काठमाण्डु,७ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले भने जस्तो धेरै सांसदहरू संसदमा ल्याउन नसकेको बताएका छन ।

शपथपछि संसद भवनमा पत्रकारसँग कुरा गर्दै लिङदेनले यस्तो बताएका हुन । उनले संसदमा पार्टीले भने जस्तो संसद ल्याउन नसक्दा कमजोर भएको बताएका हुन् । उनले भने, अहिले खास कुनै राजनीतिक दलको बहुमत छैन ।

हामीले भने जस्तै धेरै साथीहरू संसदमा लिएर आउँछु भनेको थिए ल्याउन सकिएन । केही साथीहरू लिएर आएको छु । मलाई जिम्मेवारी बोध भइरहेको छ’, ‘आफ्नो जिम्मेवारी देश र जनताको पक्षमा अझ कुसलतापूर्वक निर्वाह गर्ने छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us