
काठमाण्डु,७ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् ।
आज (बिहिबार) प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताउका हुन । लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’
यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले बताएका छन । राप्रपा सरकारमा जान्छ कि जाँदैन भन्ने प्रश्नमा उनले आवश्यक प¥यो भने छलफल गर्ने बताएका छन ।