अर्जेन्टिनाले मेस्सीको तस्बिर अङ्कित नोट छाप्ने

काठमाण्डु टुडे २०७९ पुष ७ गते १२:५५ मा प्रकाशित

काठमाण्डु,७ पुस– कतारमा भएको विश्वकप २०२२ काविजेता अर्जेन्टिनाका फुटबल टिमका कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ ।

एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने भएको छ । सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा अर्जेन्टिनाको केन्द्रीय बैंकले त्यस जीतलाई दर्साउने सिक्का जारी गरेको थियो ।

पत्रिकाका अनुसार मेस्सीले नम्बर १० को जर्सी लगाउने हुँदा १ हजार पेसोमा उनको तस्बिर राखीने तयारी गरीएको छ । कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनाले फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएको थियो ।

फाइनलमा मेस्सीले दुई गोल गरेका थिए भने पेनाल्टी सुटआउट पनि गोल गरेका थिए । हाल मेस्सीले अर्जेन्टिनामा जीतको खुसीयाली मनाइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us