कुपन्डोलमा कार र बस ठोक्किँदा एक जना घाइते

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १५:०० मा प्रकाशित

काठमाण्डू, २६ जेठ– ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका छन । दुर्घटनामा कार चालक महिला घाइते भएकी हुन । घटना आइतबार बिहान ७ बजेको रहेको प्रहरीले जानकारी दिएको छ ।

थापाथलीबाट पुल्चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ३९६५ नम्बरको कार र पुल्चोकबाट थापाथलीतर्फ जाँदै गरेको बा ४ ख ५६४६ नम्बरको बस कुपन्डोलामा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिएका छन ।

जसबाट कार चालक महिला ललितपुर घर भएकी ६० वर्षीया रचना बाँस्कोटा घाइते भएको एसपी जोशीले बताए । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us