भक्तपुरको सूर्यविनायकबाट ७ जना जुवाडे पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ३ गते १३:२५ मा प्रकाशित

काठमाण्डु,३ पुस– भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

दधिकोटको खड्का गाउँ स्थित ३७ वर्षीय उमेश थापाको घरमाबाट जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ ।

जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ५९ हजार ८ सय रूपैयाँ नगद र ६१ पत्ती तास बरामद गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us