
काठमाण्डु,३ पुस– एमालेका सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बस्ने बताएका छन । उनले सरकार बनाउने चलखेलमा एमाले नलाग्ने पनि बताएका छन ।
आज (आइबार) बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन । उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए बताएका छन ।
उनले भने, ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन ।’
बिष्टले निर्वाचनले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताएका छन । उनले एमालेको भुमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको बताएका छन ।