कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०७९ पुष ३ गते ११:५६ मा प्रकाशित

काठमाण्डु,३ पुस– कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज आइतबार पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्दै छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसले तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us