भरतपुरमा हात्ती आक्रमणमा वृद्धाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ३ गते ८:१७ मा प्रकाशित

भरतपुर, ३ पुस– चितवनको भरतपुर–२८ मा जंगली हात्तीको आक्रमणबाट गएराति वृद्धाको मृत्यु भएको छ ।

हात्ती आक्रमणमा ७० वर्षीया भागिरथी सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका
अनुसार सुवेदी आफ्नै घरको आँगनमा आगो तापिरहेका बेला निकुञ्जबाट आएको हात्तीले आक्रमण गरेको थियो ।

हात्ती आक्रमणमा गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पण्डितले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us