
काठमाण्डु, २ पुस– महिलामाथि हुने बलात्कारका घटनालाई सामान्य भन्दै टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिात गौतम विवादमा तानिएकी छन् ।
उनले बलात्कारबारे बोलेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै अधिकांशले कडा आलोचना गरेका छन् । महिला अधिकारकर्मी र अभियन्ताहरुले उनको भनाइलाई निन्दनीय भन्दै आपत्ति जनाएका छन् । उनले बलात्कार सामान्य घटना भए पनि समाजले ठूलो बनाएको र त्यसका नाममा डलर ल्याउनेहरुले ठूलो बनाएको भनेकी छन् ।
दुवै खुट्टा काटीएको घटनाभन्दा बलात्कारको घटना सामान्य हुने तर्क उनको छ ।
‘म आफ्नै उदाहरण दिन चाहन्छु । मलाई कसैले बलात्कार गर्यो। म पीडित महिला भएँ नि त, एउटा सिनारियो । अर्को सिनारियो । कोही मान्छे आएर मेरो खुट्टा काटिदियो, दुईटै खुट्टा काटिदियो । अब दुईवटा इन्सिडेन्टलाई कम्पियर गरेर हेर्नुस् । म बलात्कृत महिला धेरै विचरा भएँ या मेरो कसैले खुट्टा काट्यो त्यो सोबिता विचरा भई ? यसरी हेर्दा त खुट्टा काटेको जघन्य अपराध हो नि त । जिन्दगीभरि खुट्टा काटिएपछि त अब के गर्ने ? मेरो जिन्दगी सकियो । तर बलात्कृत हुँदैमा चाहिँ पुनः स्थापना हुनका लागि कुनै पनि गाह्रो छैन । अन्टिनेन अनलेस हाम्रो शरीरमा कुनै पनि हानि नोक्सानी हुँदैन । त्यसले दीर्घकालीन असरहरू केही पार्दैन, खाली समाजले चाहिँ त्यो बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो कि हामीले यस्तो ग्लोरीफाई गर्यौँ कि डलरहरू ल्याउने होइन , अनि समाजमा बलात्कार भन्नेबित्तिकै त्यल्लाई यस्तो ग्लोरिफाई गरेको कारण नै महिलाहरूचाहिँ बढी भावुक भाको जस्तो लाग्छ मलाई चाहिं यसलाई सामान्यीकरण गर्नुपर्छ ।’
४ मंसिरमा सम्पन्न निर्वाचनमा गौतम काठमाण्डु–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइान् ।