घर फोडेर ३९ तोला सुनसहित १ लाख बढी चोर्ने व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०७९ पुष १ गते १७:१२ मा प्रकाशित

काठमाण्डु,१ पुुस–काठमाण्डुको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका डिलबहादुर घले रहेका छन ।

उनले २८ मंसिरमा घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा सोही घरमा भाडामा बस्नेको कोठाबाट १३ तोला सुन र ५७ हजार रूपैयाँ नगद चोरेका थिए ।

उनलाई बिहीबार गोरखाको गोरखा नगरपालिका ६ बाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान कार्यालयले बताएका छन ।

उनी यसअघि २०७२ जेठमा समेत काठमाण्डु महानगरपालिका २६ बाट एक घरमा चोरी गरेको अभियोगमा काठमाण्डु जिल्ला अदालतबाट १ वर्ष ६ महिना १९ दिन कैद र २ लाख ७२ हजार ८९९ रूपैयाँ जरिवाना समेत भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us