
काठमाण्डु,१ पुुस– चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उप(महासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार भएको छ ।
वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन पुगेका थिए ।
पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन् । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिएकी छन ।
घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन ९जण्डिशको मात्रा० २० बिन्दुमा झरेको छ । उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो । उनका अनुसार आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना छ ।