सत्ता गठबन्धनबाट सभामुखका लागि तीन आकांक्षी

काठमाण्डु टुडे २०७९ पुष १ गते १५:४३ मा प्रकाशित

काठमाण्डु,१ पुुस– अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । दलहरुबीच शक्ति बाँडफाँड नभएपनि राज्यका महत्त्वपूर्ण पदहरुमा आकांक्षा राख्नेहरु सङख्या पनि बढ्दै जान थालेका छन् ।

निर्वाचनअघि कांग्रेस, माओवादी र समाजवादीले क्रशमस् राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिने मौखिक सहमति भएको भनिएपनि निर्वाचन परिणामले पहिलाको सहमतिअनुसार पदहरु बाडफाँट हुने र नहुने निश्चित छैन ।

यही अनिश्चितताकाबीच पछिल्लो समय प्रतिनिधि सभाको नेतृत्व गर्ने सभामुखमा कसले पाउला भन्ने चासो बढेको हो । अहिलेको सता गठबन्धनले निरन्तरता पाउने हो भने सभामुखका लागि गठबन्धनका चार नेताको इच्छा देखाएका छन ।

सभामुख पदका लागी कांग्रेसबाट अर्जुननरसिंह केसी, माओवादीबाट रेखा शर्मा तथा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालाको नाम सभामुखका लागि चर्चामा ल्याइएका छन् ।

नुवाकोट–२ बाट निर्वाचित केसीले आफूले पदका कुनै दौडधुप नगरेको बताउने आएका छन् । त्यसैगरी माओवादीकी रेखा शर्मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर दाङ–२ बाट सांसद निर्वाचित भएकी हुन् ।

यदि माओवादीले सभामुख समेत पाउने अवस्था आए शर्मालाई अघि सार्ने तयारी गरेको पार्टीभित्रै चर्चा छ । त्यस्तै समाजवादीका उपाध्यक्ष पाण्डे हाल वागमतीको मुख्यमन्त्री छन् ।

निर्वाचनमा उनी धादिङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । समाजवादीले सभामुख पद पाए उनै पाण्डेलाई अघि सार्ने बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us