फ्रान्सको लियोन नजिकै आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १ गते १५:०८ मा प्रकाशित

एजेन्सी– पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

आगलागीको कारण अझ्ै स्पष्ट हुन सकेको छैन । भोल्क्स–एन–भेलिनमा बिहान ३ ०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर रहेको बताएको छ ।

भवनको भुइँ तल्लामा फैलिएको र माथितिर फैलिएको आगो निभाउने क्रममा दुई जना अग्नि नियन्त्रकलाई सामान्य चोट लागेको पनि बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us