मलेसियामा पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १ गते ११:१५ मा प्रकाशित

एजेन्सी– मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । यो घटनाबाट अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेका छन । उनीहरुको खोजी कार्य जारी छ । मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो ।

सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका निर्देशकले बताएका छन । यस पहिरोमा ९२ जना फसेका थिए जसमध्ये ५३ जनाको सकुशल उद्धार गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us